नवाज सरिफको भाई शेहबाज पाकिस्तानको प्रधानमन्त्री चुनिए

नवाज सरिफको भाई शेहबाज पाकिस्तानको प्रधानमन्त्री चुनिए

एजेन्सी : पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तान मुस्लिम लिग(नवाज) का अध्यक्ष  शेहबाजको पक्षमा १ सय ७४ सांसदले भोट दिएर निर्वाचित गरेका हुन्।

उनलाई पाकिस्तान पिपल्स पार्टी(पीपीपी) ले समर्थन गरेको थियो। उनी पाकिस्तानको २३औँ प्रधानमन्त्री बनेका छन्। पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरीक-ए-इन्साफ(पिटिआई) ले संसद् बहिष्कार गर्यो। उनीहरूले सामूहिक राजीनामासमेत दिए।

इमरानले आफ्नो नेतृत्वको सरकार बचाउन अनेक प्रयत्न गरे पनि अविश्वास प्रस्ताव रोक्न सकेनन् र बाहिरिए। पाकिस्तानको राष्ट्रिय सभामा आइतबार मध्यरातमा भएको मतदानमा ३ सय ४२ सांसदमध्ये १ सय ७४ सांसदले खानको विपक्षमा मतदान गरेका थिए।

शेहबाजले अब सन् २०२३ को अक्टोबरमा अर्को चुनाव गराउनेछन्। शेहबाज पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।

चैत २८, २०७८ सोमबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।