स्केटिङ स्टार एलिसा लिउले १६ वर्षको उमेरमै लिइन् संन्यास
एजेन्सी : सन् २०२२ को ओलम्पिक र विश्व च्याम्पियनसिपको कांस्य पदक विजेता एलिसा लिउले १६ वर्षको उमेरमै प्रतिस्पर्धी फिगर स्केटिङबाट संन्यास लिएकी छिन्। अमेरिकी महिला स्केटिङको भविष्यसँगै पहिले नै दुई पटक राष्ट्रिय च्याम्पियन भइसकेकी लिउले शनिवार आफ्नो इन्स्टाग्रामार्फत संन्यास लिने घोषणा गरेकी हुन्।
लिउले आफ्नो पोस्टमा लेखेकी छिन्, ' इमानदारीपूर्वक भन्नुपर्दा मैले कहिल्यै पनि यति सफलता पाउँछु भनेर सोचेको थिइन। यसबाट म धेरै खुसी छु। मेरो स्केटिङ करियर राम्रो भएकोमा म धेरै सन्तुष्ट छु। अब मैले स्केटिङमा मेरो लक्ष्यहरू हासिल गरेसँगै म मेरो जीवनमा अगाडि बढ्ने छु। स्केटिङले मलाई मैले सोचेको भन्दा धेरै सिकाएको छ। म साँच्चै खुसी छु कि मैले स्केटिङ गरेँ।'
ट्रिपल एक्सेलको प्रयोग गरी थोरै अमेरिकी महिलाहरूले मात्र सफलतापूर्वक अवतरण गरेका छन्। लिउ उनी मध्येकी एक हुन्। लिउले १३ वर्षको उमेरमा सन् २०१९ मा आफ्नो पहिलो राष्ट्रिय उपाधि जितेकी थिइन्। अर्को वर्ष पनि दोहोर्याउन सफल भइन्।
उनी सिनियर स्तरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निकै सानो भए पनि जुनिरको रुपमा क्वाड्रपल जम्पमा एकदमै राम्रो छिन्। तर, पछिल्लो दुई राष्ट्रिय च्याम्पियनसिपमा उनी ब्राडी टेनेल र मारिया बेलसँग पराजित भएकी थिइन्।
जनवरीमा कोभिड–१९ पोजेटिभ देखिएपछि लिउलाई ट्रायलमा भाग लिन नपाए पनि ओलम्पिक टोली बनाएकी थिइन्। क्यालिफोर्निया, रिचमण्डकी लिउ समयमै निको भइन् र उनले ओलम्पिकमा आफ्नो फ्री स्केटमा सात वटा ट्रिपल जम्प गरी समग्रमा सातौँ स्थान हासिल गरिन्।
त्यसपछि रुसको विश्व च्याम्पियनसिपमा पनि उनी जापानकी काओरी साकामोटो र बेल्जियमकी लोएना हेन्ड्रिक्सलाई पछि पार्दै तेस्रो भएकी थिइन्। जुन सन् २०१६ मा एश्ले वाग्नरले जित हासिल गरे पछि अमेरिकी महिलाका लागि पहिलो पदक थियो।
स्टार्स अन आइस टुरमा सहभागी जनाउन जापान पुगेकी लिउले लेखेकी छिन्,'मैले ५ वर्षको हुँदा स्केटिङ सुरु गरे त्यसैले बरफमा अहिले सम्म लगभग ११ वर्ष पुरा गरेछु। यो ११ वर्ष कुनै पागलपन भन्दा कम भएन । जसमा मैले धेरै राम्रो र धेरै नराम्रो यादहरू बनाएकी छु। तर के गर्नु यस्तै छ। मैले धेरै साथीहरू बनाउन पाए। र धेरै राम्रा सम्झनाहरू बनाए, जुन मेरो बाँकी जीवनको लागि पर्याप्त हुनेछ।'
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गत महिना, चिनियाँ सरकारले न्याय विभागलाई दिएको आदेशमा उनका बुबा अर्थर एक पूर्व राजनीतिक शरणार्थी भएको र जासुसी अपरेसनमा लक्षित व्यक्तिहरू मध्ये भएको आरोप लागेको समाचारहरू प्रकाशन भएको थियो।
चैत २८, २०७८ सोमबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।