गभर्नरमाथिको छानबिन जायज भएको अर्थमन्त्रीको दाबी

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथिको कारबाहीको बचाऊँ गर्दै छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रस्ट हुने बताएका छन्। उनले कारबाहीलाई कानुन सम्मत भएको दाबी गरे।
अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलनमा गरेर उनले छानबिनका लागि कमिटी बनाएको । छानबिनको रिपोर्टले धेरै जानकारी दिने बताए।
उनले छानबिनका लागि सरकारले समिति गठन गरिसकेकाले यस बारेमा आफूले धेरै बोल्न नमिल्ने बताए।
उनले अनुत्पादक आयात बढी भयो भनेरै सरकारले केही समय घटाउने नीति लिएको बताउँदै नेपालको अर्थतन्त्र सकारात्मक दिशातिर जाने दाबी गरे। विश्वको अर्थतन्त्रमा परेको प्रभाव सकारात्मक दिशामा गइरहेको छ दाबी गर्दै उनले भने ' अर्थतन्त्रमा समस्या होला। समस्या छ भन्ने त हामीले पनि स्वीकार गरेका छौँ। तर अर्थतन्त्र समाप्तै भएको डेटाले त देखाउँदैन। हामीले त डेटाले जे देखाउँछ त्यही बोल्ने हो नि।'
चैत २८, २०७८ सोमबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।