भरतपुर महानगरपालिकको मेयरमा कांग्रेसका २५ जनाको दावी

काठमाडौं : भरतपुर महानगरपालिकमा नेपाली कांग्रेसका २५ जनाले मेयरमा दावी गरेका छन्। मेयर दावी गर्नेमा कांग्रेस केन्द्रीय सदस्यदेखि बागमती प्रदेशका मन्त्रीसमेत रहेका छन्।
भरतपुरको मेयर बन्न कांग्रेस केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले पनि आकांक्षा राखेका छन्।
बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरका लागि दावी पेस गरेका छन्।
भरतपुरको मेयरमा दावी गर्नेमा उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्व सभापति भरत अधिकारी, पूर्व जिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी लगायत छन्।
त्यस्तै नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि भरतपुरको मेयरमा उम्मेदवार बन्न दावी प्रस्तुत गरेका छन्।
भरतपुर महानगरको उपमेयरतर्फ भने चितवन कांग्रेसबाट २४ जना दाबेदार देखिएका छन्। उपमेयर पदका लागि टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ, राजिब न्यौपाने, वीरेन्द्र के सी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवि भद्र शर्मा खनालको दाबी छ।
यस्तै निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्य नाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल , विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसी दाबी पेस गरेका छन्।
चैत २८, २०७८ सोमबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।