६ करोड खर्च गरेको भनाई के हो भनेर आयोगले सोध्यो शशाङ्कलाई प्रश्न

काठमाडौँ : निर्वाचन आयोगमा २१ लाख ७५ हजार निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएपछि निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालासँग स्पष्टीकरण मागेको छ।
आयोगले कोइरालाले निर्वाचन खर्च सम्बन्धमा दिएको अभिव्यक्तिबारे के हो भनेर सोधेको हो। आयोगका अनुसार उनले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबारे के हो भनेर सोधिएको छ।
यसै गरी काठमाडौँको भृकुटीमण्डपमा एकीकृत समाजवादीले कार्यक्रम आयोजना गर्दा निर्वाचन आचारसंहिता उलङ्घन गरेको उजुरी परेपछि तीन दिनभित्र जवाफ दिन पत्र पठाएको छ।
चैत २८, २०७८ सोमबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।