जोर्डनका राजा बिरामी, उपचार गर्न आकस्मिक रूपमा गए जर्मनी

एजेन्सीः जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी गएका छन्। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी उपचारका लागि आकस्मिक रूपमा जर्मनी गएका हुन्।
जोर्डनको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि जर्मनी गएको बताएको छ।
उनको मेरुदण्डमा समस्या देखिएको छ। ६० वर्षीय राजाले अब तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भएको छ।
उनको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्वितीयले जिम्मेवारी सम्हाल्नेछन्। जोर्डनको मन्त्रिपरिषद्को उपस्थितिमा उनले कार्यकारीका रूपमा शपथ लिएका छन्।
चैत २८, २०७८ सोमबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।