विमानस्थलबाट एक राउण्ड गोलीसहित सोविता नेपाली पक्राउ

विमानस्थलबाट एक राउण्ड गोलीसहित सोविता नेपाली पक्राउ

काठमाडौंः नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन्। 

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो। नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो।

उनी झोलामा गोली लिएर जापान उड्न लागेकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

चैत २८, २०७८ सोमबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।