मधेश प्रदेश सभाको बैठक बस्दै

धनुषाः मधेश प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्नेछ।
बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिने कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले बताए।
चैत २८, २०७८ सोमबार १२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।