प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, अझै एक लाखमाथि

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १०० तोकिएको छ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। आज चाँदी प्रतितोला एक हजार ३६५ मा नै कारोबार भइरहेको छ।
चैत २८, २०७८ सोमबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।