मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित रङ्गेहात पक्राउ

मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित रङ्गेहात पक्राउ

धनुषाः भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झा घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित उनलाई आज बिहान पक्राउ गरेको हो।

आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकको एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित झालाई पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित उनलाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए। 

चैत २८, २०७८ सोमबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।