ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक फरार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक फरार

झापाः विर्तामोड नगरपालिका–२ रामचोकमा गए राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा१५प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बजगाईं गम्भीर घाइते भएका थिए। उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

मोटरसाइकल र ट्रक ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ। ट्रक चालक भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

चैत २८, २०७८ सोमबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।