युद्धको प्रभाव: टर्कीले रुसी पर्यटकका लागि छुट्टै एयरलाइन्स व्यवस्था गर्ने

युद्धको प्रभाव: टर्कीले रुसी पर्यटकका लागि छुट्टै एयरलाइन्स व्यवस्था गर्ने

एजेन्सीः टर्कीले रुसी पर्यटकको लागि छुट्टै एयरलाइन्सको व्यवस्था गर्ने भएको छ। बीबीसीले टर्किस मिडियालाई उद्धृत गर्दै रुसी पर्यटक बोक्न छुट्टै एयरलाइन्सको व्यवस्था गर्न लागिएको जनाएको छ।

'रुस र युक्रेनबीच बढ्दो तनावले टर्कीको पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ। दुवै देश (रुस र युक्रेन) व्यापारको लागि महत्त्वपूर्ण बजार हो', टर्किस अखबार सबाहले लेखेको छ।

नयाँ एयरलाइन्स अन्टल्या शहर केन्द्रित हुनेछ। यो टर्कीको मेडिटेरेनियन तटमा छ। अखबारले नयाँ एयरलाइन्सका कारण १०औं लाख थप रुसी पर्यटक भित्रिनसक्ने बताएको छ।

यस्तै टर्किस एयरलाइन्सले पनि आफ्नो विमानमा रुसी पर्यटकका लागि छुट्टै सिटहरूको व्यवस्था गर्ने सम्झौता गरेको छ।

चैत २८, २०७८ सोमबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।