नेपालगञ्जमा कारको ठक्करबाट तीन पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

नेपालगञ्जमा कारको ठक्करबाट तीन पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

बाँकेः नेपालगञ्जको बिपी चोकनजिक गए राति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ। प्रदेश३–०१–२३च ८४८१ नम्बरको कारले सडकमा हिँडिरहेका तीन जनालाई ठक्कर दिँदा तीनै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए।

मृत्यु हुनेमा नेपालगञ्ज- ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अली इद्रिसी रहेका छन्। प्रहरी निरीक्षक शाहका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई सोही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए।

तर अस्पताल पुगेको १५ मिनेटपछि नै उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको थियो।

प्रहरीले हाल कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ।

चैत २८, २०७८ सोमबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।