भागबण्डाको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

भागबण्डाको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ। आउँदो स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो।

आइतबार स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलका सन्दर्भमा केही निर्णय गरेको थियो। सोही निर्णयमाथि छलफल गर्न आज गठबन्धनको बैठक बस्न लागेको हो। 

आजको बैठकले भागबण्डा टुङ्ग्याउने पनि बताइएको छ।

गठबन्धनका पाँच दलले चुनावमा तालमेल गर्ने भने पनि महत्त्वपूर्ण स्थानीय तहमा भागबण्डा भने हुन सकेको छैन। अन्यमा भने स्थानीय संयन्त्र बनाएर भागबण्डा गरिएको छ।

चैत २८, २०७८ सोमबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।