प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा वर्षा, अन्त मौसम सफा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
चैत २८, २०७८ सोमबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।