काठमाडौँको एक पार्टी प्यालेसमा भीषण आगलागी, ४५ लाखको क्षति

काठमाडौँको एक पार्टी प्यालेसमा भीषण आगलागी, ४५ लाखको क्षति

काठमाडौँ  : काठमाडौँस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ।

काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो। 

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

चैत २७, २०७८ आइतबार २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।