झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

झापा : हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ। 

आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

चैत २७, २०७८ आइतबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।