लुनाको तेस्रो वार्षिकोत्सवमा ४५ जनाले गरे रक्तदान 

लुनाको तेस्रो वार्षिकोत्सवमा ४५ जनाले गरे रक्तदान 

काठमाडौँ : लुना रेस्टुरेन्टले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्। दुई वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने रक्तदान कार्यक्रमको आयोजना गरेको हो। 

रेस्टुरेन्टले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरेको रेस्टुरेन्टका प्रबन्ध निर्देशक सुमन महर्जनले बताए। रेस्टुरेन्टका प्रबन्ध निर्देशक महर्जनका अनुसार रगतको अभावमा कोही कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ। रगत सङ्कलनमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले गरेको थियो।

चैत २७, २०७८ आइतबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।