बस दुर्घटनामा १७ जनाको मृत्यु

बस दुर्घटनामा १७ जनाको मृत्यु

एजेन्सी :  इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ। यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटामा परी १७ जनाको मृत्यु भएको जानकारी दिएका छन्। इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी अन्य केही घाइते भएका छन्।

यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको सो राज्यको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो। त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन।

प्रहरीले दुर्घटनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेको समाचारमा बताइएको छ। सोही क्षेत्रमा गएको मंगलबार पनि बस र ट्याक्सी आपसमा जुधेर भएको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। 

उक्त ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन्।

चैत २७, २०७८ आइतबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।