४० करोड प्रकरणमा एमाले नेता पाण्डेले भने : यही केसमा अर्थमन्त्रीलाई भित्र हाल्नुपर्ने हो

४० करोड प्रकरणमा एमाले नेता पाण्डेले भने : यही केसमा अर्थमन्त्रीलाई भित्र हाल्नुपर्ने हो

काठमाडौँ : एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले श्रीलङ्कामा झैँ नेपालमा पनि अर्थमन्त्री जनार्दन शर्मा भाग्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। पार्टीको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले

उनले भने'  ‘श्रीलङ्कामा अर्थमन्त्री भाग्ने भन्ने सुन्दैछु, त्यो दिन नेपालमा नआओस्।’ मन्त्री शर्माले शङ्कास्पद रूपमा नेपाल भित्रिएको ४० करोड रकम खुल्ला गर्न दबाब दिएको सार्वजनिक भएसँगै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन सुरु गरेको विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेको थियो।

कार्यक्रममा बोल्दै पाण्डेले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैङ्कलाई पत्र लेख्नु अपराधै भएको दाबी गरे। अनुसन्धान गर्ने अधिकारीले अनुसन्धान गरिरहेका विषयमा यसो गर र उसो गर भन्नु एक प्रकारकाले क्राइम नै हुने भन्दै उनले नेपालका अनुसन्धान गर्ने निकाय बलियो हुने हो भने अर्थमन्त्री समेत कारबाहिको दायरामा आउने बताए।

‘हाम्रो एजेन्सी दह्रा हुने हो भने किन पत्र लेख्यौ भनेर यही केसमा अर्थमन्त्रीलाई भित्र हाल्नुपर्ने हो। कानुन र ऐन भन्दा बाहिर गएर कोही चल्न मिल्छ र?' उनले कार्यक्रममा प्रश्न गरे।

चैत २७, २०७८ आइतबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।