काभ्रेमा विस्फोट, एक जना गम्भीर घाइते

काभ्रेमा विस्फोट, एक जना गम्भीर घाइते

काठमाडौँ : काभ्रेमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा मोहन बिक गम्भीर घाइते भएको काभ्रे प्रहरीले जनाएको छ। 

जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केको स्थानीयले बताएका छन्। सो क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ अभ्यास गर्ने गरेको छ। जंगल सेनाले छोडेको बस्तु विकले ल्याएको प्रहरीको अनुमान छ। विस्फोटबाट विकको अनुहार र हातमा चोट लागेको छ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।

चैत २७, २०७८ आइतबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।