अर्थमन्त्री शर्माले अर्थतन्त्र जगाउने भन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गरे : युवराज खतिवडा

अर्थमन्त्री शर्माले अर्थतन्त्र जगाउने भन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गरे : युवराज खतिवडा

काठमाडौँ : पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पर्दा इतिहासकै गम्भीर अवस्थामा पुगेको आरोप लगाएका छन्। 

उनले भने, ‘देश गलत व्यक्ति र गलत प्रवृत्तिको हातमा पुगेको छ। अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रिले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन्। अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिँडिरहेका छन्,।'  

मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ। अहिले आर्थिक वृद्धिभन्दा पनि धारासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ। ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ। अब वर्षभरिमा २२ खर्बको आयात हुनेछ। दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने। 

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ। अहिलेका अर्थमन्त्री अर्थतन्त्र जगाउने भन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ। ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गभर्नरलाई निशाना बनाए,’ खतिवडाले भने। 
 

चैत २७, २०७८ आइतबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।