आयोजना प्रभावितका लागि रिभर फल्सको आईपीओ खुला

आयोजना प्रभावितका लागि रिभर फल्सको आईपीओ खुला

काठमाडौंः रिभर फल्स पावर लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु सात करोड बराबरको सात लाख कित्ता शेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ। 

निष्काशन गरिएको शेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रवर्द्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानित प्रतिमेगावाट लागत रु १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाएको छ।

कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले 'केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ।

चैत २७, २०७८ आइतबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।