मोटरसाइकल दुर्घटना हुँदा ७५ वर्षीया पार्वतीको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा ७५ वर्षीया पार्वतीको मृत्यु

तनहुँः व्यास नगरपालिका- १ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार तनँहुको ऋषिङ गाउँपालिका- ४ भीरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन्।

हाईस्कुलटारबाट दमौलीतर्फ आउँदै गरेको ग१४प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा उनी घाइते भएकी थिइन्। उनको उपचारको लागि जिल्ला अस्पताल दमौलीमा पुर्याउनसाथ मृत्यु भएको हो।

चैत २७, २०७८ आइतबार १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।