इन्डियन एम्बेस्डर गल्फ टुर्नामेन्टको विजेता भए महेन्द्र

काठमाडौँ : महेन्द्र मैनाली भारतीय राजदुत आमन्त्रित गल्फ प्रतियोगिताको विजेता भएका छन्। गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा उनी विजेता भएका हुन्। १५ वर्षका सद्भाव आचार्य वेस्ट ग्रस विजेता बने। उनले ३८ ग्रस प्राप्त गरेका थिए।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुरिध घिमिरेको अङ्क प्रदीपकुमार श्रेष्ठ र मेजर जनरल महेश विक्रम कार्कीसँग बराबर भएको थियो। महिलातर्फ कस्मिरा शाह विजेता भइन्। उनले ३७ अङ्क प्राप्त गरेकी थिइन्। ३३ अङ्कसाथ रेखा घिमिरे रनर अप भइन्।
सिनियर क्याटगरीमा ६० वर्का प्रदीपकुमार श्रेष्ठ विजेता भए। विजय श्रेष्ठ, पूर्णबहादुर राई र दावा जे शेर्पा, महेश विक्रम कार्की, वाङचु डोन्डुप चार्ली गुरुङ पनि विभिन्न विधामा पुरस्कृत भएका थिए।
नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको प्रतियोगितामा ८२ खेलाडीहरू सहभागी थिए। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतीय राजदूतावासका कर्णेल अमित शर्मा, गोकर्ण गल्फ क्लबका अध्यक्ष घिमिरे, क्याप्टेन जोसेफ नाथन, नेपाल एसबीआइ बैङ्कका सिइओ दीपककुमार डे र अग्नि समूहका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।
नेपाल एसबिआई बैङ्क, अग्नी समूह, आइएसएमई प्रालि, टाटा मोटर्स, डाबर र परनोड रिकार्डले प्रतियोगिता प्रायोजन गरेका थिए।
चैत २६, २०७८ शनिबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।