माओवादी कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षको घरमा ढुंगामुढा

माओवादी कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षको घरमा ढुंगामुढा

काठमाडौँ : हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन्। एमाले केन्द्रीय सदस्य समेत रहेका फडेराको घरमा शनिबार दिउँसो माओवादीका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। 

गत शुक्रबार राति फडेरा नेतृत्वमा एमाले कार्यकर्ताले आफू निकट रहेका व्यक्तिका होटेल पसलमा तोडफोड गरेको माओवादीको आरोप छ। ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको र घरमासमेत सामान्य क्षति पुगेको स्थानीयले बताएका छन्।  

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर घटना नियन्त्रण लिन खोज्दा प्रहरी असई कृष्ण बुढालाई सामान्ने चोट लागेको जिल्ला प्रहरी कर्यालय हुम्लाले जनाएको छ। 

शुक्रबार एमालेले गरेको घटनाको प्रतिवाद स्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचुलीले जनाएको छ। दुवै पक्ष आक्रोशित भएका कारण घटनाले ठूलो रुप लिन सक्ने देखिएको छ। 

चैत २६, २०७८ शनिबार १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।