गभर्नर निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुलः शंकर पोखरेल

काठमाडौँ : एमालेका महासचिव शंकर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेरे टिप्पणी गरेका छन्।
तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत सो टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, आर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन्।’
गभर्नर अधिकारीलाई बिहीबारको मन्त्रीपरिषद् बैठकले नै निलम्बन गरेको थियो। एक व्यवसायीको रोकेको ४० करोड रकम खुलाउन अर्थमन्त्रीले दबाब दिएको सूचना चुहाएको आरोपमा सरकारले अधिकारीलाई निलम्बित गरेको बताइएको छ ।
कार्यवाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ। अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति पनि बनाएको छ।
चैत २६, २०७८ शनिबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।