आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

चैत २६, २०७८ शनिबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।