कोलम्बियामा बाढीमा परी १३ जनाको मृत्यु, कयौँ बेपत्ता

एजेन्सी । कोलम्बियामा बाढीमा परी कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ। कोलम्बियाको उत्तर-पश्चिमी क्षेत्रमा आएको बाढीमा परी १३ जनाको मृत्यु भएको र अरू केही मानिस हराइरहेका बताइएको छ।
त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ। वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ। यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो। यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ। वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ।
वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरूलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। बाढीका कारण यहाँका कतिपय सडकहरूमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ।
चैत २६, २०७८ शनिबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।