बेलायतले पनि लगायो पुटिनका छोरीमाथि प्रतिबन्ध

बेलायतले पनि लगायो पुटिनका छोरीमाथि प्रतिबन्ध

एजेन्सी : बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ। रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको हो। 

बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो। तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो। 

रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरुलाई प्रतिबन्ध लगाउने पहलस्वरुप बेलायतको पछिल्लो कदम आएको हो। युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायतलगायत पश्चिमा देशहरूले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन्। 
 

चैत २६, २०७८ शनिबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।