भोलि आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौंः भोलि आइतबार देशभर सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा २७ गते रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको उल्लेख छ।
सूचना आज जारी गरिए पनि बिदाको निर्णय भने २४ गते नै गरिएको बताइएको छ।
चैत २६, २०७८ शनिबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।