जुम्ला–रारा अल्ट्राम्याराथन सुरु, एक विदेशीसहित ७६ धावक सहभागी

जुम्ला–रारा अल्ट्राम्याराथन सुरु, एक विदेशीसहित ७६ धावक सहभागी

सुर्खेतः ४९ किलोमिटरको जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगिता सुरु भएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

जुम्ला सदरमुकाम खलङ्गामा जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा प्रदेश सरकार लागिपरेको बताए। उनले सुर्खेतमा प्रदेशस्तरीय रंगशाला निर्माण गरिरहेको र जुम्लामा हाइअल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने बताए।

अल्ट्राम्याराथन प्रतियोगिताले कर्णाली र यस क्षेत्रका प्रतिभाहरूलाई विश्वमा चिनाउन सघाउ पुर्याएको पनि उनले बताए।

तीन वर्षयता जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्मको ४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगिताको आयोजना गरिँदै आएको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

उनका अनुसार यो वर्ष एक विदेशीसहित ७६ जना धावकहरूले भाग लिएका छन्।

चैत २६, २०७८ शनिबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।