बाघको आक्रमणमा बेपत्ता भएका वृद्धको शव भेटियो

चितवनः बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको शव जितपुरघाटमा फेला परेको हो।
पूर्वीचितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६५ वर्षीय रामप्रसाद धमलालाई आज बिहान ९ बजे बाघले आक्रमण गरी लगेको थियो।
बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। शव ११ः२० बजे भेटिएको हो।
चैत २६, २०७८ शनिबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।