बाघले आक्रमण गरेर लगेपछि चितवनका एक वद्ध बेपत्ता

चितवनः बाघको आक्रमणबाट चितवनमा एक जना बेपत्ता भएका छन्। पूर्वीचितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक वृद्ध बाघको आक्रमणपछि बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेर लगेको हो। हाल उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले बताए।
खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
चैत २६, २०७८ शनिबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।