शंखरापुरमा टिपर दुर्घटना हुँदा परिचालकको मृत्यु, चालक फरार

काठमाडौंः गए राति काठमाडौंको शंखरापुर नगरपालिका- १ स्थित नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका- ७ का २० वर्षीय किरण बाँस्कोटा रहेका छन्।
मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर गए राति पौने १० बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।
चैत २६, २०७८ शनिबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।