स्थानीय वायुको प्रभाव: प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण विभिन्न स्थानमा वर्षा हुने भएको हो।
यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र मधेश प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
चैत २६, २०७८ शनिबार ०७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।