प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन्। दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । उनी यसअघि वाग्मती प्रदेश अध्यक्षसमेत थिए।

चैत २५, २०७८ शुक्रबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।