४० करोडको कम्पनः गभर्नर अधिकारी निलम्बित

काठमाडौ : सरकारले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। एक व्यवसायीको रोकेको ४० करोड रकम खुलाउन अर्थमन्त्रीले दबाब दिएको सूचना चुहाएको आरोपमा सरकारले अधिकारीलाई निलम्बित गरेको हो।
व्यवसायीको खाता सम्पत्ति शुद्धीकरण विभागले खुलाउन भने पनि रोकेको र बार्गेनिङ गरेको आरोपमा छानबिन गर्ने निर्णय भएको स्रोतले बतायो।
बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बनको निर्णय गर्दै छानबिन समिति गठन गरेको भनिए पनि सरकारले निर्णय भने सार्वजनिक गरेको छैन।
कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ।
चैत २५, २०७८ शुक्रबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।