नेपाल बारमा सत्ता गठबन्धन निकट प्यानल नै विजयी

काठमाडौँ : नेपाल बार एसोसिएसनको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन निकट प्यानल नै विजयी भएको छ। २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको थियो। चैत १९ मा भएकाे निर्वाचनको आज सार्वजनिक मतपरिणाम अनुसार गठबन्धन निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो।
कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो। एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई दुई हजार ५२ मतले उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएको हुन्।
घिमिरेले चार हजार चार सय ७४ मत पाए भने अधिकारीले दुई हजार चार सय २२ मत प्रप्त गरे। घिमिरे प्यानलबाटै महासचिवमा अञ्जिता खनालले तीन हजार ६ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अधिकारी समूहका केदारप्रसाद कोइरालाले दुई हजार नौ सय ८९ मत ल्याए।
कोषाध्यक्षमा घिमिरे समूहका भरतबहादुर राउत विजयी भएका छन्। अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे समूहकै उम्मेदवारहरूले जितेका छन्।
चैत २५, २०७८ शुक्रबार १६:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।