युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, ३५ जनाको मृत्यु, सय बढी घाइते

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, ३५ जनाको मृत्यु, सय बढी घाइते
photo: AP Photo/Vadim Ghirda

एजेन्सी : युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ। आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। 

देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का भएको उक्त घटनामा एक सय भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ।

'क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दैछौँ,' रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालहरूमा लेखेका छन्। 

युक्रेन रुस युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले जनाएको छ। 

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथी आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्।  युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ। 

युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्युन आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ। राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक पटक आग्रह पनि गर्दै आएको छ।

चैत २५, २०७८ शुक्रबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।