सबैतिर चुनावी तालमेल गरेर जाने निर्णय भयो : अध्यक्ष प्रचण्ड

सबैतिर चुनावी तालमेल गरेर जाने निर्णय भयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन्। आज बसेको सत्तारूढ गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनका दलहरुबीच चुनावी तालमेलको विषयमा छलफल भएको बतएका हुन्। 

उनले भने, 'मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ। सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो।' अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए। उनले भने, “छलफलबाट निकास निकाल्छौँ। केही समस्या छैन।

चैत २५, २०७८ शुक्रबार १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।