उत्तरी युक्रेनबाट रुसी सेना पूर्णरूपमा फिर्ता: बेलायती रक्षा मन्त्रालय

उत्तरी युक्रेनबाट रुसी सेना पूर्णरूपमा फिर्ता: बेलायती रक्षा मन्त्रालय

एजेन्सीः उत्तरी युक्रेनबाट रुसी सेना पूर्णरूपमा फिर्ता भएका छन्। बेलायतको रक्षा मन्त्रालयका अनुसार रुसी सेना यतिबेला बेलारुस र रुसतर्फ फिर्ता भइरहेका छन्।

बीबीसीका अनुसार फिर्ता भइरहेका सेनामध्ये केहीलाई लडाइँका लागि पूर्वी युक्रेन (डोनबास) क्षेत्रतर्फ खटाइनेछ। 'उत्तरबाट तत्काल ठूलो सङ्ख्यामा सेना तैनाथ गर्न कम्तीमा एक साता लाग्नेछ', मन्त्रालयले बताएको छ।

यस्तै बेलायती रक्षा मन्त्रालयका अनुसार रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्रमा गोलाबारी जारी राखेको छ। रुसी सेना हाल दक्षिणतर्फ रणनीतिक महत्त्वको शहर इजियमबाट अघि बढेको छ। 

चैत २५, २०७८ शुक्रबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।