सुनको मूल्य ९९ हजार पाँच सय पुग्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। आज तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बढेको मूल्यअनुसार आज छापावाल सुन तोलामा ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ।
आज चाँदीको मूल्यमा पनि २१ रुपैयाँले वृद्धि भएको छ। आज नेपाली बजारमा चाँदीको मूल्य एक हजार तीन सय ५५ रुपैयाँ कायम गरिएको छ।
चैत २५, २०७८ शुक्रबार १२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।