माइती नेपालले नेपालगञ्ज नाकाबाट उद्धार गर्‍यो पाँच सय महिला र बालबालिका

माइती नेपालले नेपालगञ्ज नाकाबाट उद्धार गर्‍यो पाँच सय महिला र बालबालिका

बाँकेः नेपालगञ्जस्थित जमुनाह नाका हुँदै जोखिमपूर्ण अवस्थामा भारत प्रवेश गर्ने पाँच सय महिला र बालबालिकाको उद्धार गरिएको छ। माइती नेपालले पछिल्लो एक वर्षको अवधिमा ४९९ महिला तथा बालबालिकालाई उद्धार गरेको माइती नेपाल नेपालगञ्जका सञ्योजक केशवराज कोइरालाले बताए।

उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहबाट नेपाल प्रहरी समेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो। यही अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको पनि उद्धार गरिएको छ।

यस्तै ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकोमा २१३ जना फेला परेको सञ्योजक कोइरालाले बताए। घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको पनि उनले बताए।

चैत २५, २०७८ शुक्रबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।