भरौँ आईपीओ, उपकार लघुवित्तको दुई लाख ३६ हजार कित्तामा आवेदन खुला

भरौँ आईपीओ, उपकार लघुवित्तको दुई लाख ३६ हजार कित्तामा आवेदन खुला

काठमाडौंः उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गरेको छ। आजैबाट सर्वसाधारणका लागि कम्पनीले साधारण शेयर बिक्री खुला गरेको हो।

कम्पनीले रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आईपीओको बिक्री खुला गरेको हो।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ। 

आईपीओमा यही चैत २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्रानपी बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ।

चैत २५, २०७८ शुक्रबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।