महावीर पुन बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरद्वारा सम्मानित

काठमाडौंः राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले सम्मान गरेको छ।बिज एजुकेशनको आयोजनामा पुनलाई सम्मान गरिएको हो।
पुनले नेपालमा खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदानस्वरुप सम्मान गरिएको बताइएको छ। कार्यक्रममा पुनले भिडियोमार्फत आफ्नो काम प्रस्तुत गरेका थिए। पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल यूकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो।
चैत २५, २०७८ शुक्रबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।