चुनावको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौंः आउँदो वैशाख ३० गतेलाई निर्धारण गरिएको स्थानीय तहको चुनावको विषयमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ११ मा बैठक बस्ने भएको छ।
बैठकमा पाँचै दलका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। यस्तै आजको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सञ्योजकत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिको कार्यप्रगतिबारे पनि छलफल गर्नेछ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संलग्न छन्।
चैत २५, २०७८ शुक्रबार १०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।