कैलालीमा मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु, दुई घाइते

कैलालीः गोदावरी नगरपालिका- ३ मा गए राति दुइ वटा मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा दुई जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश-०२-००४प १११ नम्बरको मोटरसाइकल र से४प ४७३० नम्बरको मोटरसाइकल गए राति सवा ९ बजे आपसमा ठोकिएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका १११ नम्बरका मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ७ का ३० वर्षीय पुरनकुमार मडै र अर्का मोटरसाइकल चालक कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गए राति सवा १० बजे मृत्यु भएको हो।
घाइते भएका दुवै मोटरसाइकलमा पछाडि सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते भएका दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
चैत २५, २०७८ शुक्रबार १०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।