लङरेञ्ज दुईनाले बन्दुक र एक थान कार्टजसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ

पर्साः जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय नाबालक र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन्।
उनीहरूका साथबाट लङरेञ्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिज बरामद भएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो।
चैत २५, २०७८ शुक्रबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।