प्रदेश १, बागमती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश १ तथा मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशको अन्य भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

आज राति प्रदेश नं १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

चैत २५, २०७८ शुक्रबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।